
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलेले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताउनुभएको छ ।
आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने जिम्मेवारी नेपालकै राजनीतिक दलहरुको भएको बताउनुभएको हो । उहाँले नेपालको शान्ति प्रक्रियामा अनमिन समेत सहभागि भएको उल्लेख गर्दै उहाँले त्यसकारण यसको बारेमा महासचिवले चासो राख्नसक्ने बताउनु भयो । उहाँले संयुक्त राष्ट्र संघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्नसक्ने बताउनु भयो । उहाँले नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको उल्लेख गर्दै नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । यसप्रति नेपालका राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘संयुक्त राष्ट्रसंघको महासचिवले यसप्रति एउटा सद्भाव राख्न सक्नुहुन्छ । हिजो अनमिन सहभागि भएर शान्ति प्रक्रिया अगाडी बढेको हो । त्यसकारणले यसलाई टुंगोमा पु¥याउनको निम्ति नेपालले के गर्दैछ भन्ने कुरा उहाँले चासो राख्न सक्नुहुने भयो । राम्रोसँग टुंगियोस् भन्ने कुरामा उहाँले सद्भाव राख्न सक्नुहुने भयो । स्वभाविक रुपमा त्यसको आफ्नै किसिमको महत्व हुनसक्छ । तर यसलाई टुंग्याउने दायित्व र जिम्मेवारी भनेको यहीँ भएका राजनीतिक दलहरुको नै हो । दलहरु नै बढी जिम्मेवार बन्नुपर्छ । दलहरुले नै यस विषयमा सोच्नुपर्छ । शान्ति प्रक्रियाका सन्दर्भमा आजसम्म भएका उपलब्धिहरु के–के छन् ? कहाँसम्म हामी पुगेका छौँ ? यि विषयमा स्वभाविक रुपले नेताहरु महासचिवसँग भेटघाट हुँदा पक्कै पनि उठ्लान् । शान्ति प्रक्रियालाई कुन ढंगले शान्ति प्रक्रियालाई टुंग्याउने मनस्थितिमा हामी छौँ भन्ने विषयहरु पनि छलफलका विषय बन्नसक्ने भयो । मुलभुत रुपमा यो विषयलाई टुंगो लगाउने काम चाहीँ देशभित्र भएका राजनीतिक शक्तिहरुको हो । राजनीतिक दलहरुले यस विषयलाई बुझ्नुपर्छ । महासचिवले आफ्नो ठाउँबाट सद्भाव राख्नेकुरा, यसरी जाँदा राम्रो हुन्छ भनेर उहाँले औपचारिक, अनौपचारिक हिसावले आफ्नो दृष्टिकोण राखिदिने कुरा स्वभाविक नै हो । तरपनि हाम्रो आफ्नो विशिष्टतामा शान्ति प्रक्रिया अगाडी बढेको हुनाले यसलाई टुंगो लगाउने, हाम्रै आफ्नो मौलिकतामा, हाम्रो आफ्नै विशिष्टतामा उभिएर टुंगोमा पु¥याउनुपर्छ ।’
उहाँले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्ने बताउनु भयो । त्यस्तै महासचिवको भ्रमणका बेलामा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच