काठमाडौं । काठमाडौं महानगरपालिका ७ स्थित मैजुबहाल कल्याणकारी गुठीको सोमबार सम्पन्न ३९औँ साधारणसभाले शिवगोपाल श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा अनन्तकुमार पौडेल, सचिवमा कमल क्षेत्री, सह-सचिवमा निर्दोष पाठक, कोषाध्यक्षमा नितिन श्रेष्ठ, सह-कोषाध्यक्षमा बिनु क्षेत्री रहेका छन् ।
त्यस्तै सदस्यमा नारायणप्रसाद रिमाल, रचना बराल, लक्ष्मी रिमाल, सुमेश ढुंगेल, शेषकुमार कार्की, वसनारायण डंगोल र मलिना श्रेष्ठ रहेको गुठीका नवनिर्वाचित सहसचिव निर्दोष पाठकले जानकारी दिनुभएको छ । गुठीले साधारणसभामा पेश गरेका सबै एजेण्डा सर्वसम्मतिले पारित भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता