काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन बिहिन’ भएको बताउनुभएको छ।
चार दिने नेपाल भ्रमणको क्रममा गए राती १ बजे नेपाल आउनुभएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन बिहिन’ भएको टिप्पणी गर्नुभएको हो। उहाँले यस भ्रमण आश्चर्यजनकसमेत रहेको जनाउनुभएको छ।
‘अतिथीलाई स्वागत छ तर...’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उहाँको आरोप रहेको छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भन्नुभएको छ, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’
महासचिव गुटेरेसले आज देखी नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटबार्ता गर्दै हुनुहुन्छ ।
चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । न्युज कारखाना







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts