बझाङ । बझाङमा सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मष्टा गाउँपालिका-४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन् ।
कठायत आज शनिबार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाइको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय शुशिल कठायतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइको बझाङ प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताउनुभयो ।






