
भोजपुर । हतुवागढी गाउँपालिका वडा नम्वर नौ, हसनपुरको मचुवाटारका श्याम दाहाल निकै खुशी देखिनु भएको छ । उहाँ खुशी हुने कारण थियो, आफनो घरमा दशै भित्रिएसँगै बिद्युत पनि जडान भएको छ । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले ११ केभी बिद्युत लाइनबाट मचुवाटार क्षेत्रका घरहरुमा बिजुलीको सेवा पुर्याएको हो ।
भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको मचुवाटारमा बिद्युत सेवा पुगेसँगै सो क्षेत्रका करिव अढाई सय घरधुरीले बिद्युत सेवा उपयोग गर्न पाउने नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख राम बाबु चौधरीले बताउनुभयो । केन्द्र प्रमु्ख चौधरीले भन्नुभयो, “गाउँपालिका क्षेत्रमा बिद्युतीकरण गर्ने कार्य अन्तर्गत नौ नम्वर वडामा पनि कार्य गरिएको हो ।” दशैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ ।
प्राधिकरणका प्राबिधिक कर्मचारी मौसम राईले कार्यालयबाट बिद्युत मिटर लगेर घरघरमा जडान कार्य समेत गरिएको बताउनुभयो । हसनपुर क्षेत्रको मचुवाटार बस्ती अहिले बिजुली पुगेपछि झिलिमिली भएकोछ । बर्षौ देखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरुलाई खुशी लागेको वडाध्यक्ष सञ्जल राईले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्तीमा पहिलो पटक पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा बिद्युतीकरण हुनु पनि बिकासको एउटा फडको हो ।”
गाउँमा बिद्युतीकरण भए पछि बाँकी रहेका अन्य घरहरुमा पनि बिद्युत मिटर उपलब्ध गराईने नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जनाएको छ । भोजपुरमा सात गाउँपालिका र दुई वटा गाउँपालिका छन । करिव ८१ प्रतिशत बिद्युतीकरण भोजपुर जिल्लामा भई सकेको छ भने बिद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण बिद्युतीकरणका लागि टेण्डर मार्फत कार्य अघि बढने प्राधिकरणका सुपरभाइजर दुर्गानन्द चौधरीले बताउनुभयो ।
भोजपुरमा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २३ हजार बढी घरसधुरीले बिद्युत सेवा उपयोग गरि रहेका छन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच