उहाँका अनुसार मदाने गाउँपालिकाभित्र प्लाष्टिकजन्य फूल माला प्रयोगलाई निरुत्साहित गर्दै पुष्प खेतीलाई प्रोत्साहन गर्ने निर्णय भएको छ । प्लाष्टिकजन्य फूल मालाहरुको प्रयोग नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु राखेको छ । कृषि यन्त्र उपकरण र कृषि उत्पादनमा अनुदान लगायतका विभिन्न कार्यक्रमहरु गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताउनुभयो । यस्तै विविध कार्यक्रम अन्तर्गत पुष्प खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर - ६ को कार्यालयले राखेको कार्यक्रमबाट पुष्प खेती गरी विक्रीका लागि तयार भइसकेको बताइएको छ । यसले स्थानीय कृषकलाई प्रोत्साहन तथा आय आर्जनमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts