भोजपुर । बिविधताले भरिएको समाजमा चाड पर्वका नाममा देखिने बिकृतीहरु रोक्न आवश्यक रहेकोमा भोजपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका सहभागि बत्ताले बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुर नगर कमिटिले बिहिवार सदरमुकाममा गरेको बडादशै, शुभदिपावली, नेपाल संम्वत, छठ लगायतका चाड पर्वहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका सहभागि अतिथी बक्ताहरुले देशको सांस्कृतिक धरोहरकोरुपमा विकास हुँदै गएका चाडपर्वले सदभाव समेत कायम राखेको बताउँदै सवै धर्म, संस्कृति र परम्पराको जर्गेना आवश्यक रहेको बताउनु भएको थियो ।
चाड पर्वका नाममा हुने बिकृतीहरु तर्फ सचेत रहदै आफनो क्षमता अनुसार परम्परा तथा संस्कार मनाउन पनि बत्ताहरुले सहभागिहरुलाई आग्रह गर्नु भयो ।
एमाले जिल्ला कमिटि अध्यक्ष शरण कुमार राई, नेपाली कांगे्रस जिल्ला उपसभापति डम्वर श्रेष्ठ, अनेरास्वबियु केन्द्रिय सदस्य प्रताप तामाङ, नगर कमिटि उपाध्यक्ष जित किरात लगायतले आफनो धारणा सहित शुभकामना दिनु भएको थियो ।
नगर कमिटि अध्यक्ष दुर्गा योञ्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले नेता कार्यकर्ता, भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रनिनिधीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts