पत्रकार माथिको हस्तक्षेप बन्द गर्न प्रेस चौतारी कर्णालीको चेतावनी

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले पत्रकार माथि भएको प्रहरी दमनको बिरोध जनाएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रको निर्णय अनुसार प्रेस चौतारी नेपाल जुम्ला शाखाले गरेको विधिपूर्वक आन्दोलनमा भएको प्रहरी दमनको प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीले घोर भत्सर्ना गरेको छ ।

चौतारीका कर्णाली प्रदेश कमिटीका महासचिव प्रेमराज सिम्खडाद्वारा जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघ केन्द्र र सबै प्रदेशले गत असोज २६ गते सार्वजनिक गरेको सदस्यता नवीकरण र नयाँ सदस्यको सूचीमा प्रेस चौतारी माथि गरिएको अन्यायका बिरुद्ध सबै शाखाले शान्तिपूर्ण बिरोध जनाउने कार्यतालिका अनुसार जुम्ला शाखाले पत्रकार महासंघ जुम्ला शाखामा असोज २८ गते ताला लगाएको बिषयलाई लिएर प्रेस चौतारीमा आवद्ध पत्रकार माथि गरिएको दमन र धरपकडको घटना प्रति घोर भत्सर्ना गरेकाे जनाएकाे छ ।

महासचिव सिम्खडाले पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाही र प्रहरीले सयुक्त रुपमा महासंघको ताला फोडेको बिषयमा छलफल गर्न गएको प्रेस चौतारी नेपाल जुम्ला शाखा अध्यक्ष नौरते नेपाली सचिव अमरनाथ योगी, प्रेस चौतारीका नेता सरोज शाही, सपना रावत, दिपक वुढथापा, कालीवहादुर परियार, श्यानुमाया उपाध्याय, प्रभा भण्डारी, प्रेम बिष्ट, मधुराज न्यौपाने र नरेन्द्रवहादुर रोकायाको टोलीलाई धरपकड गर्दै ३० मिनेट सम्म प्रहरीले नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएकाे विज्ञप्तिमा जनाइएकाे छ ।

महासचिव सिम्खडाले यस्ता क्रियाकलापमा प्रहरी प्रशासन जस्तो कानुनी निकाय संलग्न हुँनु लज्जाको विषय भएकाे बताउनुभयो । 'आगामी दिनमा सत्ता पक्षको पक्षपोषण नगर्न प्रहरी प्रशासनलाई हामी गम्भीरतापूर्वक सचेत गराउँदछौ' जारी विज्ञप्तीमा उल्लेख छ ।

ADVERTISEMENT

साथै प्रहरीको आडमा आफ्नो पदको दुरुपयोग नगर्न पत्रकार महासंघ जुम्ला शाखा अध्यक्ष नेत्र शाहीलाई सुझाव दिँदै अति गरे त्यसको भागेदार हुन प्रेस विज्ञप्ति मार्फत् जुम्ला शाखालाई महासचिव सिम्खडाले चेतावनी दिनुभएको छ ।

'गैर पत्रकारलाई भर्ति गर्ने र प्रेस चौतारीका क्रियाशिल पत्रकारलाई पेशागत हकवाट वञ्चीत गराउने केन्द्र प्रदेश र जिल्ला शाखाको रवैया बन्द गर्न प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटी ध्यानाकर्षण गराउँदछौं' जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महांसघ केन्द्रले जारी गरेको विवरणमा धेरै जसो प्रेस चौतारीका सदस्यलाई हटाइएको र नयाँ सिफारिसमा पनि वञ्चित गरिएको बिषयमा प्रेस चौतारी नेपालले देशै भर आन्दोलन गर्दै आएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज