बर्दघाट नगरपालिकाले अति बिपन्नलाई निःशुल्क धारा जडान गर्ने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अति बिपन्नलाई निशुल्क धारा जडान गर्ने भएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आयोजना गरेको बार्षिक समिक्षा तथा शुभकामना कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिका एक घर एक धाराको अवधारणा अन्तर्गत अगाडी बढेको बताउनु भयो । श्रेष्ठ भन्नुहुन्छ-'एक घर एक धार अवधारणा अन्तर्गत १ करोड बजेट छुट्याएका छौँ । अति बिपन्न लाई निशुल्क र बिपन्नलाई ५० प्रतिसत छुट दिइने छ ।'

नगरले विभिन्न संघ सस्थासङ्गको सहकार्यमा शुद्ध खानेपानी र सरसफाइ युक्त नगर बनाउने ध्येयका साथ नगर अगाडि बढेको श्रेष्ठको भनाइ छ ।

बर्दघाट नगरपालिका वडा नं. ०४ का वडा अध्यक्ष बेधबिना तिवारीले पानी मान्छेको जीवन भएको बताउदै उहाँले नेपालमा नै शुद्ध पानी पिलाउने राम्रो संस्थाको रुपमा आफुलाई उभ्याउन सक्नु पर्ने बताउनु भयो । संस्थाका पुर्वजहरुले निष्ठा पुर्वक इमान्दारीताका साथ काम गरेकोले संस्था अगाडि बढेको तिवारीको भनाइ छ ।

ADVERTISEMENT

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कार्य प्रगति समिक्षा गर्दै गत बर्ष राखेका धेरै लक्ष्यहरु पूरा गरेको संस्थाका अध्यक्ष दीपक लम्सालले बताउनु भयो । ४ हजार ९५ धारा जडान गरि १८ हजार जना उपभोक्ताहरुलाइ पानी उपलब्ध गराएको छ । आम्दानीको १ सय ४ प्रतिशत र खर्चको ८३ प्रतिशत लक्ष्य प्राप्ती गरेको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले आउदै गरेको बिजय दशमी, शुभदिपावली र छठ पर्व २०८० को अवसरमा शुभकामना दिदै शुभकामना आदानप्रदानसमेत गर्नु भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष धातानन्द बस्याल, पुर्व अध्यक्ष, कमान सिंह थापा इन्द्र बहादुर राना, सल्लाहबाट रबिन्द्र बिक्रम हमाल, संघ संस्थाहरुको तर्फबाट उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट प्रेस क्लवका अध्यक्ष कुस्माकर ढकाललगायतले बोल्दै पानीको मुहान देखी उपभोक्ताको मुखसम्म शुद्ध पानी निरन्तर रुपमा पुर्‍याउन सकोस् भन्ने शुभकामना दिनु भयो ।

संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता, उपाध्यक्ष कमल थापाको स्वागत रहेको कार्यक्रमको संचालन सचिव शोभाकान्त कोइरालाले गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज