जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल

रासस
रासस
Read Time = 4 mins

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने बताउनुभएको छ ।

सो पार्टीको ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताउनुभयो । उहाँले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेकामा जोड दिनुभयो ।

“समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरूलाई आत्मसान गर्दै रुपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ, यसका लागि जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन, पार्टीको रुपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रुपान्तरण हुने र अनि पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेका छौँ”, उपाध्यक्ष भुसालले भन्नुभयो ।

उहाँले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रुपान्तरणको अभियानमा लाग्न आग्रह गर्नुभयो ।

ADVERTISEMENT

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विजया दशमी, नेपाल संवत्, शुभ दीपालवी तथा छठ पर्व एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व नभएको धारणा राख्नुभयो । “यी पर्वहरू एउटा जात वा वर्ग विशेषको मात्रै चाड पर्व हैन, सबैको हो, तसर्थ यी पर्वहरूलाई किसान, श्रमिकको सम्मान गर्ने, कामको सम्मान गर्ने पर्वका रूपमा हामीले विकास गर्नुपर्छ, हिजो बेठीक भएका कुराहरूलाई भत्काउने, ठीक भएकालाई बनाउने काम यो चाडले दिनेछ”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहालले तीनमहिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनताले माग गरेको रुपान्तरणलाई सम्बोधन गर्न पार्टीलाई पनि रुपान्तरण गरेर जानु आवश्यक रहेको धारणा राख्नुभयो । चाडपर्वले भेटघाटको वातावरण बनाउने हुँदा पार्टीको पुनःनिर्माणका लागि पुराना व्यक्तिहरूलाई ऊर्जाशील बनाउन लाग्नुपर्ने र तत्कालीन जनमुक्ति सेनाका पूर्वलडाकुलाई पनि पार्टीमा क्रियाशील बनाइनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी महर्जन, बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज