दाङ । दाङको तुल्सीपुरबाट बुधबार दिउँसो एक लाख लुटेर भागेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ संझना टोलका २१ बर्षीय आयूस बिक र सोही ठाउँका १८ बर्षीय सुनिल मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताउनुभयो ।
तुलसीपुर-८ का दिनेश वलीले बैंकबाट एक लाख रुपैंया निकाले लगतै पिछा गरि उनीहरुले लुटपाट गरेका थिए ।
साथी संग गएका वलीको सुरुमा मोवाइल लुटेर नगद एक लाखपनि लुटेर उनीहरु भागेका थिए ।
लुटपाट भएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तुल्सीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेराहाली लुटेराको खोजी थालेको थियो ।
प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर-१० राइखल्यान क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच