आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आजको चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ ? भन्ने रहेको बताउनु भयो ।

उहाँले संविधानले गैरआवासीय नेपालीलाई त्यही अनुसारको नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेअनुसार सो कार्यान्वयनका बारेमा पहलकदमी गर्न आवश्यक रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरुको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तित स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो । हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ । राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी छ । आजको चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ ? त्यसका निम्ति संसारकार सबै नेपाली मिल्नुपर्छ । संविधानले गैरआवासीय नेपालीलाई त्यही अनुसारको नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेको छ । त्यस निम्ति हामीले पैरवी गर्ने, विषयको कार्यान्वयनका लागि नेतृत्व गर्नेछौँ । अब विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्छ भनेर कुरा उठाएका छौँ । नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनु पर्छ ।’

नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?