भोजपुर । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर दुई कुलुङको ठोटनेरीमा पहिलो पटक बिद्युत सेवाको पहुँच पुगेको छ । गाउँमा बिद्युत सुबिधा पुगे पछि स्थानीयहरुमा उत्साहित देखिएका छन् ।
'अन्धकारमा बस्नु पर्ने बाध्यता समेत हटेको छ, हामी खुशी छौ,' स्थानीय गोपाल निरौलाले भन्नु भयो । साल्पासिलिछो क्षेत्रको सवै वडा तथा घरधुरीहरुमा बिद्युत सेवा पुग्न सकेको छैन । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रको आवश्यक सामाग्री सहयोग र स्थानीयको श्रमदानमा गाउँमा बिद्युत सेवा पुगेको हो । चाड पर्व नजिकिएसँगै सो क्षेत्रका ५० घर बढी परिवारले बिद्युतको सेवा उपयोग गर्न पाएका हुन् ।
घरमा बिद्युत सेवा पुगेकोमा खुशी हुदै स्थानीय महेन्द्र बहादुर बिश्वकर्माले भन्नुभयो, 'गाउँमा बिद्युत सेवा आउना साथ बिजुली अफिसबाट मिटर ल्याएर जडान गरेका हौ । हामीहरुको अन्धकारमा बस्नु पर्ने बाध्यता समेत हटेको छ ।' साल्पासिलिछो क्षेत्रको सवै वडा तथा घरधुरीहरुमा बिद्युत सेवा पुग्न सकेको छैन ।
नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख राम बाबु चौधरीले कार्यालयले दुर्गम क्षेत्रहरुमा समेत बजेट अनुसार बिद्युतीकरणको कार्य गर्दे आई रहेको बताउनुभयो । जिल्लालाई पूर्ण बिद्युतीकरण गर्ने गरी बार्षिक बजेट अनुसारका कार्यहरु कार्यालयले र टेण्डर अनुसार हुदै आएको केन्द्र प्रमुख चौधरीको भनाई रहेको छ । उहाँले भन्नुभयो, 'साल्पासिलिछो गाउँपालिका क्षेत्रमा बिद्युत बिस्तार हुने क्रममा वडा नम्वर दुईमा पनि बिद्युत सुबिधा पुगेको छ, हामीले जडानको कार्य समेत गरेका छौ ।'
वडामा पहिलो पटक बिजुली बलेपछि स्थानीय लालबहादुर गिरीले भन्नुभयो, 'यस क्षेत्रमा बिजुली कहिले आउँछ भन्दा भन्दै आयो, बिजुली बल्यो विकास भनेको त यो नै हो नि ।'
गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत विस्तार भएको हो । गाउँपालिकाले आफ्नो पहिलो प्राथमिकतामा बिद्युत सेवालाई राखेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts