काठमाडौं । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन निर्देशन दिएको छ ।
शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका कार्की र उहाँको समर्थनमा हस्ताक्षर गरेका कांग्रेसका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।
समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको छ ।
सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
तर, कांग्रेस संस्थापन इतर पक्ष शेखर समूहले विद्रोह गर्दै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो ।
उहाँलाई नेकपा (एमाले)ले समर्थन गरेको छ । एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको हो ।
कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका आठ जनाले हस्ताक्षर गरेका छन् । कार्कीलाई एमालेका ३९ र कांग्रेसका आठ सांसदसहित ४७ सांसदको समर्थन छ । कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङसहित आठ जनाले हस्ताक्षर गरेका छन् । कोशी प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।
कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आज (शुक्रबार) अपराहृन ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts