गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस निकट तरुण दल र नेकपा समाजवादी निकट युवा संघले तालाबन्दी गरेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेन डाउनका कारण यहाँको प्रशासनिक कार्य अस्तव्यस्त र राहतका कर्मचारीहरुले समेत काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको युवा संघका जिल्ला इन्चार्ज बसन्त अधिकारीले जानकारी दिनुभयो ।
तरुण दल र युवा संघले संयुक्त रुपमा ६ बुँदे माग राख्दै तालाबन्दी गरिएको नेपाल तरुण दल मुसिकोट नगरपालिका अध्यक्ष भिम पाण्डेले बताउनुभयो । नेपालीहरुको महान पर्व विजया दशमी नजिकिदैं जाँदा सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा पेन डाउनका कारण ढिलाई भएको उल्लेख गरिएको छ ।
यसतर्फ आवश्यक कदम चाली तत्कालै काम सुचारु गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको उल्लेख गर्दै आफुहरुले राखेका ६ बुँदे माग कार्यान्वयन नभएसम्म तालाबन्दी यथावत राखिने बताइएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts