नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा जमघट भएका साहित्यकारहरुले नाटकको पहिलो सर्त मञ्चन भएको बताएका छन् ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सङ्गित तथा नाट्य बिषयक एक दिवसीय गोष्ठीमा बोल्दै साहित्यकारहरुले नाटक दृश्य सहज बुझिने भएकाले पहिलो सर्त मञ्चन भएको बताएका हुन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकि कुलपति निशा शर्माले नाटक लेखनमा ३० प्रतिशत र दृश्यमा ७० प्रतिशत भाग रहने बताउनु भयो । नाटक पढेर भन्दा हेरेर धेरै बुझिने बताउदै उहाँले नाटक लेख्नेहरुले नाटकको प्रस्तुति हेर्नू पर्ने र आफुले लेखेको नाटकको मञ्चन गर्न सक्ने गरि लेख्दा राम्रो हुने बताउनु भयो । उहा भन्नुहुन्छ -"लेखकले लेखेको मनोबिज्ञान अनुसार नाटक प्रस्तुत गर्ने पनि लेखकले नै नाटकको मञ्चन गर्नु पर्छ ।"
सङ्गीत तथा नाट्य बिषयक गोष्ठी नया पुस्ताका लागि कला क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यले बर्दघाट प्रज्ञा प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताउनु भयो । आज स्कुल र क्याम्पसमा अध्ययनरत बिद्यार्थी भोलि साहित्य क्षेत्रका खम्बा भएको बताउदै उहाले कला साहित्यले युवाहरुमा दुर्व्यसनी कम हुने र दुरगुणहरु हट्ने उहाँको भनाइ रहेको छ ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य गुरु लम्सालले नाटक लिच्छवि काल देखी मल्ल काल शाह काल हुदै हाल सम्मको बिषयलाई समेट्दै कार्यपत्र प्रस्तुत गर्नु भएको छ । उहाले नाटक दृश्य बिधा भएकोले लेखकले मञ्च गर्नु पर्ने बताउनु भयो । कार्यपत्रको टिप्पणीकारको रुपमा बर्दघाट प्रज्ञा प्रतिष्ठिनका सदस्य एव सुसेली कला समुहका सस्थापक अध्यक्ष बद्री सुबेदी रहनु भएको छ ।
दाउन्नेदेवी बहुमुखी क्याम्पस, दिव्यज्योती बहुमुखी क्याम्पसगरि ७ वटा विद्यालयका र ५ वटा कला र साहित्यसंग सम्बन्धि सस्था गरि करिव १ सय जनाको उपस्थित रहेको कार्यक्रम बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेको अध्यक्ष, उपकुलपति टीका बहादुर पहारीको स्वागत रहेको कार्यक्रमको संचालन सदस्य सचिब बामदेव अधिकारीले गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts