तिलोत्तमा नगरपालिकाका सेवाग्राहीलाई निःशुल्क अटोरिक्सा सेवा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सेवाग्राहीका लागि निःशुल्क अटोरिक्सा संचालन गरेको छ ।

नगरपालिकाले शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म जाने आउने सेवाग्राहीहरुका लागि निःशुल्क अटो रिक्सा संचालनमा ल्याएको हो ।

निःशुल्क अटोरिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा साँचो महिला चालक इन्द्रकला श्रेष्ठलाई हस्तारन्तरण गरेर शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले भौतिक र मानवीय विकास मात्रै नभई नगरवासीहरु पनि सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताउनु भयो । नगरपालिका र सेवाग्राही एकै सिक्काका दुई पाटा भएकाले तिलोत्तमा नगरपालिकाले सकेसम्मका सेवाहरु नगरबासीलाई प्रदान गर्ने बताउनु भयो।

ADVERTISEMENT

तिलोत्तमा नगरपालिकाको कार्यालय मुख्य सडकदेखि करिब १ किलोमिटर भित्र भएकाले सेवाग्राही नगरपालिकाले सेवा लिन आउँदा धेरै दुःख भएकाले अटो रिक्सा संचालन गरिएको बताउनु भयो । महिलाहरु पनि अवसर पाए जुन सकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको बताउनु भयो । तत्कालका लागि एउटा मात्रै अटो संचालनमा ल्याइएको र पछि आवश्यकता अनुसार अटोको संख्या बढाउँदै लगिने नगर प्रमुख खाँणले बताउनु भयो।

यस्तै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले नगरपालिकाको कार्यालयमा जान आउनका लागि सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो संचालनमा ल्याइएको वताउनु भयो । आफ्नो सवारी साधन हुने सजिलैसँग आउने भए पनि नहुनेलाई धेरै दुःख भएको बताउँदै अब यो समस्या हट्ने उपप्रमुख चौधरीले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीहरुको सेवाप्रति जिम्मेवार र उत्तरदायी हुने पर्ने र सो कुरा नगरपालिकाले संचालन गरेको निःशुल्क अटोले पुष्टि गर्ने वताउनु भयो। अटोरिक्सा सिट फुल वा १५ मिनेट मध्य जुन पहिला हुन्छ सोही अनुसार संचालन हुने उहाँले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?