एनआइसी एसिया क्यापिटलको अफर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया क्यापिटल विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा क्यापिटलले विभिन्न जानकारीमूलक सामग्री अर्थात् भिडियो सन्देश सार्वजनिक गरेको छ । भिडियोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने विषय, सर्वसाधारणमा निष्कासित सेयर बाँडफाँट प्रक्रिया, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा दिनुपर्ने कुरालगायतका सामग्री रहेका छन् ।

यसैबीच विश्व लगानीकर्ता सप्ताह तथा चाडपर्वका अवसरमा क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा सञ्चालन गरेको छ । कम्पनीले मंसिर १५ गतेसम्म आबद्व हुने ग्राहकका लागि निःशुल्क लगानी व्यवस्थापन सेवासहित विशेष अफर सार्वजनिक गरेको हो ।

ADVERTISEMENT

अफरअन्तर्गत निःशुल्क लगानी व्यवस्थापन सेवा, एक्जिट शुल्कमा छुट, मुनाफाको १० प्रतिशतमात्र पर्फमेन्स शुल्क, वार्षिक ११.४६ प्रतिशत ग्यारेन्टेड प्रतिफललगायत रहेका छन् । साथै कम्पनीले सेयर बजारसम्बन्धी जानकारी तथा परामर्श दिने उद्देश्यका साथ फेरि पनि ‘सेयर क्लिनिक’ सेवा सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?