काठमाडौं । ज्योति विकास बैंकले क्युआर कोडमार्फत् भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्युआर अडियोे अलर्ट डिभाइस’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकलाई सहजता प्रदान गर्न यस्तो सेवा सुचारु गरिएको जनाएको छ ।
सेवाअन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत् कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेजमार्फत् प्राप्त गर्नेछन् । यस प्रविधिले व्यवसायी तथा ग्राहकको मोबाइल फोनमा भुक्तानी प्राप्त गरेको मेसेज कुर्नुपर्र्ने समयको पनि बचत हुने बैंकले जनाएको छ । बैंकले बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा अलर्ट सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले हाल १२१ शाखा, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच