प्रेमध्वज प्रधान फाउण्डेशनद्वारा स्रष्टाहरू सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रेमध्वज प्रधान फाउण्डेशनले कला सस्कृति क्षेत्रका विभिन्न स्रष्टालाई सम्मान गरेको छ । फाउण्डेशनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षता तथा वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान नाचघर जमलमा आयोजित कार्यक्रमा स्रष्टाहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गीतकार प्राज्ञ उन्नति बोहरा ‘शीला’ संगीतकार प्राज्ञ प्रदीप बमजन, विश्व कीर्तिमानी सर्जक डा.डीआर उपाध्याय, गायक आनन्द कार्की, कलाकार रमेशनाथ खनाल, नायकहरू कृष्ण मल्ल र रवीन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, कवि एवं समाज सेवी विसन थापा, पत्रकार एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, साहित्यकारहरू जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, देवीभक्त श्रेष्ठ, फूलमान बल, युवराज अधिकारी, लाक्पा फुटी शेर्पालाई सम्मान गरेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि भैरवबहादुर थापा, अध्यक्ष शान्तबहादुर शाक्य सर्जकहरू प्राज्ञ उन्नती बोहरा, प्राज्ञ प्रदीप बमजन, रमेशनाथ खनाल, कृष्ण मल्ल, शोभिता सिंखडा, अशोक प्यासी राई र देवीभक्त श्रेष्ठले आ-आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान र गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीले स्वागत साथै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कवि मुरारी सिग्देलले सञ्चालन गरेको कार्यक्रममा भैरवबहादुर थापा र साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?