प्रधानमन्त्रीप्रति ओलीको टिप्पणी : मानसरोवरमा डुबुल्की लगाएपनि पाप कट्दैन

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताउनु भएको हो ।

जनताले अहिले देशमा सरकार छ कि छैन भन्दै खोजिरहेका बेला प्रधानमन्त्री दाहाल धार्मीक यात्रा गरिरहेको बताउँदै उहाँले जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप नकट्ने बताउनु भयो । उहाँले मानसरोवरमा डुबुल्की लगाएपनि पाप नकट्ने बताउनु भयो ।
उहाँले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गर्नु भयो । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप लगाउनु भयो ।नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो र हिंसा बढिरहेको बताउदै ओलीले ७ प्रतिशतभन्दा माथि पु¥याइएको अर्थतन्त्र गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको बताउनु भयो ।

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताउनु भयो । प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ ।

यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताउनु भएको छ । आइतबार एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताउनु भयो ।
नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताउनु भयो । उहाँले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिनुभयो । छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टले बताउनु भयो । नेतृत्वसँग छलफल गरेर सर्वसम्मत र सही नेतृत्व चयन गर्नु पर्नमा उहाँले जोड दिनुभयो । उहाँले सर्वसम्मतकाको विषयमा आफूले भनेको मात्रै लागु हुने भन्ने कुरा नहुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज