धादिङमा नागरिक सहायता कक्ष संचालनमा       

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins
 धादिङ ।  चाडपर्वलाई लक्षित गर्दै जिल्ला  प्रहरी कार्यालय  धादिङले  नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना संचालनमा ल्याएको छ ।
सदरमुकाम धादिङबेशी सहित जिल्लाको बिभिन्न ६ स्थानमा हेल्प डेस्क  संचालनमा ल्याएको जिल्ला  प्रहरी  कार्यालय  धादिङले जनाएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै  धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभएको थियो ।
बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले बताउनुभयो।
हेल्प डेस्क धादिङबेशीस्थित पुछारबजार पुलिस बिट, जोगिमारा, गजुरी, गल्छी, महादेवबेशी र खानिखोलामा स्थापना गरिएको छ । यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुर्‍याउनेछ ।
जिल्लामा भएको जनशक्तिबाहेक प्रदेश प्रहरी कार्यालयबाट ६५ जना जनशक्ति ल्याइँदै छ । दसैँ-तिहार यात्रु सहायता कक्षालगायत अन्य विभिन्न क्षेत्रमा उनीहरूलाई परिचालन गरिनेछ । त्यससँगै, प्रहरीले सेफ्टी पिन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । प्रहरीका साथीहरू सिभिलमा नागरिक बनेर यात्रा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज