संस्कृतिको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ : मुख्यमन्त्री चौधरी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले विकासका लागि संस्कृतिको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताउनु भयो ।

बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सव २०८० लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले सस्कृतीको जगेर्ना गरि पर्यटनको बिकास गर्ने सकिने बताउनु भएको हो ।

नेपाल बिबिध संस्कृति भएको मुलुक हो । हामीले संस्कृतिको बिबिधतामा आफुलाई खोजिरहेको बताउँदै चौधरीले  एकले अर्को संस्कृतिको सम्मान गर्दै विकास गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयाे , " हरेकले आफ्नो संस्कृति बचाउने र अर्काको संस्कृतिको सम्मान गर्नु पर्छ । कहिले काहीं हामीले संस्कृतिको सम्मान गर्ने नसक्दा द्वन्द पनि निम्ति सक्छ । त्यसैले हामीले अहिले सांस्कृतिक एकतामा जोड दिनु पर्छ ।"

ADVERTISEMENT

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार, बैजनाथ जैसवाल, बिश्वप्रेम पाठक लगायतले बोल्दै थारु जातीको भाषा, धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा थारु जातीले खाने विभिन्न परिकारहरु, थारु जातिले प्रयोग गर्ने परम्परागत समाग्रीहरुको प्रदर्शनी, थारु जातिका विभिन्न सांस्कृतिक झलकहरुको प्रस्तुति गरिएको छ ।

स्वागत मन्तव्य लोकमणि चौधरीको रहेको कार्यक्रमको अध्यक्षता देवकला गुरौको रहेको कार्यक्रमको संचालक झबिन्द्र चौधरी र अमृता चौधरीले गर्नु भएको छ । कार्यक्रममा नवलपरासीका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, राजनीति दलहरुका प्रतिनिधि, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज