कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिदै हुनुहुन्छ। जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उहाँले विश्वासको मत पाउन सक्नुभएको थिएनन, जसका कारण उहाँ बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई–दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो । उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज बिश्वासको मत लिन लाग्नुभएको हो ।

संविधानको धारा १६८ ९३० अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८ (४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

ADVERTISEMENT

कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?