विराटनगरमा युवतीको विषयलाई लिएर झडपको तयारीमा रहेका १५ जना घरेलु हतियारसहित पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो १५ जनालाई पक्राउ गरेको छ।

तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनु भयो। मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरीसहितलाई पक्राउ गरिएको हो।

ADVERTISEMENT

९ जना १८ वर्ष मुनिका छन्। शेखकविसहित दुई जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको छ।

विराटनगरको एउटा कलेजमा अध्ययरत युवतीको विषयमा विवाद भएपछि घरेलु हतियारसहितको समूहबीच दोहोरो झडपको तयारी भइरहेको सूचना प्रहरीले प्राप्त गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *