तीन सय बढीलाई सामाजिक सुरक्षा भत्ता बितरण

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । चाड पर्व नजिकिदै गर्दा भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वडा तहबाट नै सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ । वडा नम्वर ३ दलगाउँ र ४ भुल्के गरी तीन सय बढीलाई भत्ता बितरण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पुग्नु पर्ने बाध्यताको अन्त्य गर्दे वडा तहबाट नै सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाईएको हो । गाउँपालिकाले असोज १८ गतेबाट वडा तहबाट भत्ता बितरणको काम थालेको हो । सामाजिक सुरक्षा भत्ता बितरणका क्रममा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण समेत गर्ने ब्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

ADVERTISEMENT

गाउँपालिकाको वडा नम्वर ४ दलगाउँका एक सय ५४ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको वडाध्यक्ष बाबु कुमार राईले बताउनुभयो । यस्तै शुक्रवार वडा नम्वर ३, भुल्केका एक सय ६९ जनालाई भत्ता उपलब्ध गराईएको वडाध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो । वडाध्यक्ष मगरका अनुसार भुल्केमा १८ लाख तीन हजार नौ सय सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । सोक्रममा ९० जनाको स्वास्थ्य परीक्षण गर्दे औषधी समेत बितरण गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा एनआइसी एशिया बैंकको प्राबिधिक सहयोगमा लाभग्राहीहरुलाई भत्ता बितरण हुदै आई रहेको छ भने स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा स्वास्थ्य परीक्षण शिविर पनि चल्दै आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज