प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार यहाँ गरिएको निबन्ध लेखन प्रतियोगितामा आठ विद्यालयको सहभागीता रहेको थियो । १५० पूर्णाङ्कमा सो प्रतियोगिता राखिएको थियो । जसमा ब्रिलियन्ट युनाइटेड एकेडमीका छात्रा प्रियंका पन्थी १०४ नम्बर प्राप्त गरी प्रथम, महेन्द्र माध्यमिक विद्यालयका अनिशा खनाल १०३ नम्बर प्राप्त गरी द्वितीय र रेसुङ्गा माध्यमिक विद्यालयका संयोग पन्थी १०१ नम्बर प्राप्त गरी तृतीय हुनुभयो ।
त्यस्तै, प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालयबाट करिश्मा वैदावर, अर्जुन बोर्डिङ स्कुलबाट सुजल पुन, रिडर्स पब्लिक स्कुलबाट सरस्वती कुँवर, जनसहयोग माध्यमिक विद्यालयबाट निशा सेजवाल र गण्डकी बोर्डिङ स्कुलबाट प्रतिभा भण्डारी सहभागी हुनुभयो ।
प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुनेभएका विद्यार्थीलाई असोज ३० गते प्रहरी दिवसका दिन पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ । प्रथम हुनुभएका प्रतियोगीको निबन्धलाई प्रदेशस्तरको छनोटको लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पठाइने डिएसपी पाण्डेले बताउनुभयो ।






