जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला इजलासले अब भर्चुअलबाट वकपत्र सेवा सुरु गर्ने भएको छ ।
अदालतले प्रविधिमैत्री सेवा सुचारु गरेको छ । चालु आर्थिक वर्षको असोज महिनादेखि न्यायिक प्रक्रिया सम्पादन प्रविधिको प्रयोगमा ल्याई कार्यान्वयमा ल्याएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश श्रीमणकुमार गौतमले जानकारी दिनुभयो ।
प्रविधिमैत्री सेवा अन्तर्गत अनलाइन/म्यासेजबाट तारेख र जुममार्फत वकपत्रको व्यवस्था गरिएको उच्च अदालत सुर्खेत जुम्ला इजालासका मुख्य न्यायधीश श्रीमणकुमार गौतमले विहीबार जिल्लास्थित पत्रकारसंग भेटघाट कार्यक्रममा बोल्दै भन्नुभयो, “ अदालतको न्यायिक प्रक्रियालाई छिटो छरितो र प्रविधिमैत्री,कम खर्चिलो बनाउन अनलाइनबाट तारेख र जुममार्फत वकपत्रको व्यवस्था गरिएको छ । ”
कर्णाली प्रदेशका पाँच वटा जिल्लामा कार्यक्षेत्र रहेको जुम्ला इलाजासमा न्यायिक प्रक्रियामा प्रविधिमैत्री सेवाको विस्तार गर्न लागिएको हो । कर्णालीका जुम्लासहित कालीकोट,मुगु,हुम्ला र डोल्पामा इजालासको कार्यक्षेत्र रहेको मुख्य न्यायधीश गौतमको भनाइ छ ।
यो प्रविधि यसअघि सर्वोच्च अदालतसहित नेपालगन्ज र दिपायलमा समेत लागू भइसकेको छ । ती मध्ये दिपायलमा सेवा प्रभावकारी भएको नजिरसहित कर्णालीमा पनि उक्त सेवा लागू गर्न लागिएको हो । उक्त सेवा लागू भएपछि अब कुनैपनि व्यक्तिले तारेखको लागि जुम्लास्थित अदालतमा भौतिक रुपमा उपस्थित हुनुपर्दैन । प्रविधिको प्रयोग गरेर म्याजेसमार्फत तारेखबारे जानकारी पाइने मुख्य न्यायधीश गौतमले जानकारी दिनुभयो ।
कुनैपनि मुद्धाको बहस र वकपत्र सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट जुम प्रविधिमार्फत गर्न सकिने जुम्ला इजालासले जनाएको छ । सो प्रविधि लागू भएपछि कुनैपनि मुद्धाको वकपत्रको लागि डोल्पाका नागरिक जुम्ला आइरहनु पर्दैन । मुद्धासँग सम्बन्धित व्यक्ति र कानुन व्यवसायीले समेत सम्बन्धित जिल्लाबाट वकपत्र दिन र बहस गर्न सकिने अदालतका रजिष्ट्रार यामप्रसाद बाँस्कोटाले बताउनुभयो ।
कर्णालीका पाँच जिल्लामा चिसो महिनामा न्यायिक प्रक्रियामा हुने ढिलासुस्ती र भौगोलिक विकटताका कारण नागरिकले भोग्नु परेको सास्तीलाई मध्यनजर गरेर सेवा विस्तारको तयारी गरिएको हो । कर्णालीका उच्च हिमाली जिल्लाहरुमा चिसो याम, वर्षा तथा प्राकृतिक विपद् लगायतका समयमा न्याय सम्पादनमा निकै कठिनाइ हुने गरेको छ ।
न्यायिक प्रक्रियालाई छिटो छरितो बनाउने हाम्रो उद्देश्य रहेको छ । केही वर्षयता कुनै पनि मुद्धाको निरुपणको लागि एक वर्ष समय लाग्दैन । कम्तिमा ६ महिनाभित्रै मुद्धा किनारामा लागेका छन् । अब लामो समय फैसला कुर्न नपर्ने परिपाटीको सिर्जना गर्छौ । तारेखमा अनलाइन प्रणाली लागू गरिएको छ । अब जुममार्फत वकपत्रको व्यवस्था गरिएको छ । जुम्ला र धनकुटासहित पाँच वटा उच्च अदालतमा प्रविधिमैत्री सेवा सुरु गरिएको उच्च अदालत सुर्खेत जुम्ला इजालासका रजिष्ट्रार बाँस्कोटाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच