भोजपुर । ६८ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय भोजपुरले विद्यालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
“समुदायमा नेपाल प्रहरीको भुमिका” बिषयक निवन्ध प्रतियोगितामा सगरमाथा बोडिङ स्कुलका कक्षा १० का छात्र अमन पाण्डे प्रथम, बिद्योदय माविका कक्षा १० का छात्रा सदिक्षा राई दोश्रो र युनिक एण्ड युनाइटेड बोडिङ स्कुलका कक्षा १० का छात्रा करुणा चौहानले तेश्रो स्थान हासिल गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो । निवन्ध प्रतियोगितामा ६ वटा बिद्यालयले भाग लिएका थिए ।
बिजेताहरुलाई प्रहरी दिवसको अवसरमा आगामी असोज ३० गते पुस्कार प्रदान गरिने प्रहरी निरीक्षक राईले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts