जनमत पार्टी परित्याग गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। माओवादी केन्द्र छाडेर जनमत पुग्नुभएको कुशवाह एमालेमा प्रवेश गर्नुभएको हो ।

गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उहाँ जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बन्नुभएको थियो ।  उहाँ गठबन्धनबाट उम्मेदवार हुनुभएको उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो ।

ADVERTISEMENT

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुशवाहलाई स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेललगायत नेताहरु हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज