सिक्किममा बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, अझै १०२ बेपत्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

दार्जिलिङ। सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

सो तालको करिब ६५ प्रतिशत (१६५ हेक्टर) भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन ।

यसैबिच, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले केही स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण बर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो। जसका कारण जलविद्युत आयोजनाको ठूलो हिस्सा बगेर दर्जनौं मानिस बेपत्ता भएका छन् ।

१७, १८ सेप्टेम्बर र ४ अक्टोबरमा तालको क्षेत्रमा परिवर्तन भएको इसरोले जनाएको छ । बादल फुटेर तालको १ सय ५ हेक्टर जमिन बगेर बेपत्ता भएको देखिएको छ । जसका कारण अचानक बाढी आएको हो ।

ADVERTISEMENT

सिक्किम सरकारले बाढीका कारण १४ जनाको मृत्यु भएको र १०२ जना बेपत्ता भएको बताएको छ । यसबाहेक २६ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी छ । भारतीय सेना र उद्धारकर्मी मानिसहरुको खोजीमा जुटेका छन् ।

अहिलेसम्म चानक आएको बाढीका कारण १४ जनाको मृत्यु भएको र उनीहरुको शव फेला परेको सिक्किम सरकारले जानकारी दिएको छ । उत्तर बंगालमा सयौं किलोमिटर टाढा तीन जनाको शव फेला परेको थियो भने अन्य पाँच जनाको शव सिक्किमको गोलितार र सिङ्ताम क्षेत्रमा भेटिएको थियो।

सिक्किममा भएको यस त्रासदीपुर्ण घटनामा भारतीय सेनाका २३ जना सैनिक पनि बेपत्ता भएका छन् । भारतीय सेना र स्थानीय अधिकारीहरूले सैनिकहरूको खोजी गर्न संयुक्त उद्धार अभियान सुरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?