बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका वडा -९ याकघरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।

त्रिशुलीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ५ ख २९८ नं।को बसले बिपरित दिशाबाट आउँदै गरेको बा ३३ प ९४७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंञ्ज मनपा१ का २३ बर्षिय फर्मुला अन्सारी घाईते भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घाइतेको तत्काल धार्के स्थित साईबाबा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौमा पठाईएको छ ।

इप्रका खानिखोलाबाट प्रनिको कमाण्डमा टोली खटिएको थियो । उक्त टोलीले ठक्कर दिने बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज