विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शनिबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गर्नुभएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले २० असोज शनिबार बस्ने प्रदेशसभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ ।
२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।
कोशीमा ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
यहाँ नेकपा (एमाले) का ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। विश्वासको मत नपाएर मुख्यमन्त्री कार्की पदमुक्त भएपछि धारा ६८ (५) अनुसारको सरकार बन्छ ।
कोशी प्रदेशमा सरकार बन्नलाई ४७ मतको आवश्यक पर्छ । तर, कुनै दलसँग मत पुग्दैन । गठबन्धन गर्नुको विकल्प छैन ।
एकातिर सत्ता गठबन्धन र अर्कोतिर यस अघि साथ दिएको राप्रपाले समेत आनाकानी गरिरहेको अहिलेको अवस्थामा कार्कीले विश्वासको मत पाउन मुश्किल छ । राप्रपाले विश्वासको मत लिन सक्ने अवस्था भएमात्र सरकारमा सामेल हुने बताउँदै आएको छ । यसअघि राप्रपा एमाले नेतृत्वको सरकारमा थियो । राप्रपाले साथ दिँदैमा कार्कीलाई विश्वासको मत पुग्दैन ।
कार्कीलाई कांग्रेस, माओवादी केन्द्र वा एकीकृत समाजवादीले साथ दिएमात्र विश्वासको मत प्राप्त हुनसक्छ । तर, यो सम्भावना न्यून रहेको गठबन्धन दलका सांसद बताउँछन् ।
यसअघि गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले असंवैधानिक कदमबाट विश्वासको मत प्राप्त गरेको भन्दै सर्वोच्चले एमालेका कार्कीलाई परमादेशबाट मुख्यमन्त्री नियुक्त गरेको थियो ।
तत्कालीन मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गर्नुभएको थियो ।
यसअघि पनि सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा मुख्यमन्त्री बन्नुभएका थापाविरुद्व एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले सरकार असंवैधानिक रहेकाले खारेज गरेको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts