बिराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।
प्रदेशसभा संसद भवन, बिराटनगरमा उक्त बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संबिधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेसन बुधबार १ बजेका लागि बोलाउनुभएकाे हाे ।







