पत्रकार सुवेदीद्वारा पुरस्कारको रकम सर्प पीडितलाई सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चलचित्र पत्रकार विष्णुप्रसाद सुवेदीले पुरस्कारबापतको रकम सर्प पीडितको सहयोगार्थ हस्तान्तरण गर्नुभएको छ । राजधानीमा सम्पन्न चौथो म्युजिक एण्ड फेसन अवार्ड-२०२३ मा ‘सर्वोत्कृष्ट चलचित्रपत्र कारिता पुरस्कार’बाट पुरस्कृत सुवेदीले पुरस्कारबापत प्राप्त ११ हजार १११ रुपैयाँ सर्प पीडितको सहयोगार्थ हस्तान्तरण गर्नुभएको हो ।

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालको हातबाट पुरस्कार ग्रहण गरेलगत्तै सुवेदीले सोही समारोहमा सिन्धुलीका सर्प पीडितको सहयोगार्थ पत्रकार डब्बु क्षेत्रीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

ADVERTISEMENT

सिन्धुली स्थायी घर हुनुभएका क्षेत्रीमार्फत नै त्यहाँका सर्प पीडितको अवस्थाबारे थाहा पाएको बताउँदै सुवेदीले उपयुक्त तरिकाले पीडितको राहतका लागि रकम खर्च गर्न क्षेत्रीलाई नै जिम्मा दिनुभएको थियो । पत्रकार सुवेदी लेन्स नेपाल डट कमका सम्पादक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?