कृष्ण केदेमको ‘एउटा गाउँले ठिटो’ विमोचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पूर्वब्रिटिश गोर्खा सैनिक कृष्ण केदेमको जीवन अनुभूतिहरूको पुस्तक ‘एउटा गाउँले ठिटो’ विमोचन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी लुमुम्बू, दर्शनशास्त्री तथा संस्कृतिविद् डा.भक्त राई, प्राज्ञ नन्दु उप्रेती र लेखक स्वयंले उक्त कृति विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अश्कले साहित्यमा कथा लेखिन्छ, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिन्छ र कथा काल्पनिक हुन्छ्, कसैसँग मेल खाएमा संयोगमात्र हुन्छ भनेर उम्कन मिल्न सकिनेभए पनि अनुभूति तथा संस्मरण विधामा भने लेखकको नितान्त आफ्नो कथा हुने बताउनुभयो ।

दर्शनशास्त्री तथा संस्कृतिविद् डा.भक्त राईले साहित्यको निबन्ध विधाभित्र संस्मरण, नियात्रालगायत पर्ने बताउँदै निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको सशक्त विधामा लेख्नु हो’भन्ने विचार व्यक्त गर्नुभयो । प्राज्ञ नन्दु उप्रेतीले केदेमको किताबले ताप्लेजुङदेखि विश्वका विभिन्न ठाउँ घुमाएको बताउनुभयो । उहाँले आफू पनि लिम्बू समुदायसँग हुर्किएकाले लिम्बू रीति, संस्कृतिसँग परिचित भएको सुनाउनुभयो ।

ADVERTISEMENT

लेखक केदेमले जीवन भोगाइको क्रमलाई लेख्नुपर्छ भन्ने लागेर लेखेको बताउनुभयो । आफ्नो जीवनको भोगाइमात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई किताबमा उल्लेख गरेको उहाँको भनाइ थियो ।

संगीतकार वसन्त मुकारुङ, साहित्यकार प्रेम रिबुसाल राई, गायक दीपक लिम्बू, किरात याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, कोशी प्रदेश प्रमुखका प्रमुख देवेन्द्र खापुङ, कवि शुक्र राईलगायतको उपस्तिथि रहेको कार्यक्रम एलिसा ढुंगानाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *