निजामति सेवा ऐनमा स्थानीय तहका कर्मचारीका माग समेट्नुपर्ने माग राख्दै ध्यानाकर्षण

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । बर्दघाट नगरपालिकामा कार्यरत कर्मचारीहरुले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका मागहरु सम्बोधन गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार शिक्षा शाखाका अधिकृत गोविन्द शर्माको संयोजकत्वमा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, उप–प्रमुख रुद्रप्रकाश उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

स्थानिय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्धारा जारी कार्यतालिका अनुसार मंगलबार नै नगरपालिकामा शर्माको संयोजकत्वमा बर्दघाट नगरपालिका स्तरिय कर्मचारी संघर्ष समिति गठन गरिएको छ ।

ADVERTISEMENT

समितिले असोज १७ र १८ गते राजधानीमा बृहत विरोध प्रदर्शन कार्यक्रम रहेकाले कार्यक्रममा विष्णुलाल पुरी, धनपति पौडेल र सुनिल कुमार चौधरीलाई पठाउने निर्णय समेत गरेको छ ।

स्थानिय तहका कर्मचारीहरुले संघिय निजामति सेवा ऐनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गरिनुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेट्नुपर्ने लगायतका मागहरु राखी चरणबद्ध रुपमा दवाबमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

त्यस्तै असोज १९ गते देशभरीकै सबै स्थानिय तहहरुमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज