अन्धकारमा रहेको छेन्तुङ गाउँ उज्यालो बन्दै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । ढोरपाटन उपत्यकाभन्दा केही, चारै तिर वरपर घना जंगल । तल पट्टी उत्तरगंगा । मध्य भागमा छ, छेन्तुङ गाउँ । प्राकृतिक सुन्दरताले भरिएको छेन्तुङ गाउँ अहिलेसम्म पनि अन्धकारमा छ ।

आन्तरिक तथा बाहय पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिए पनि विद्युत लगायत अन्य विकासका पूर्वाधरले यस गाउँलाई छुन सकेको छैन । वरपर जंगल भए पनि स्थानीयले घाँस, दाउरा र स्याउला प्रयोग गर्न गाह्रो छ । सिकार आरक्ष क्षेत्रमा पर्ने हुँदा विकास निमार्णसँग अन्य काम गर्न स्थानीयलाई समस्या परि राख्ने जन गुनासो । विद्युतको पहुँचभन्दा टाढा हुँदा पर्यटक घुम्न आएपछि बास नबसी फर्कन्छन् । ढोरपाटन नगरपालिका–६ छेन्तुङ गाउँभन्दा केही परे रहेको स्यालपाखे, पाखाथर लगायतका गाउँमा भने चिम बाल्नका लागि भए पनि विद्युतको पहुँच पुगेको छ ।

यस गाउँमा चार सय बढी घर परिवार बसोबास गर्दै आएका छन् । छेन्तुङवासी बाह्रै महिना यस गाउँमा बस्दैनन् । पहिले–पहिले छ महिना छेन्तुङ (लेक) र छ महिना दोगाडी, मोराङ, छालहाल्ना, बोबाङ (औलो) लगायतका गाउँमा बस्ने गर्थे तर केही वर्ष पहिले मोटरबाटोले गाउँ छोडिएपछि झण्डै ९ महिना छेन्तुङमै रहन गर्छन् । बर्खाको समयमा छेन्तुङमा बस्ने र हिउँद याम बेसी झर्ने स्थानीयको परम्परा जस्तै हो । बर्खामा पशुचौपायाका लागि प्रसस्त चरन क्षेत्र भएको हुँदा छेन्तु आउने गर्छन् भने हिउँदमा हिमपात हुने हुँदा चिसोका कारण बेसी झर्ने गर्छ । छेन्तुङमा बस्दा किसानले आलु, सिमी र स्याउ खेतिमा व्यस्त हुन्छन् ।

अन्धकारमै नौँ महिना गुर्जाने स्गथानीयले बेसी झरे भने विद्युत बाल्न पाउँछन् । सडकले गाउँलेलाई विकासको थोरै भए पनि अनुभूति गराएको भए पनि विद्युतका कारण दैनिकी कष्टकर बनेको छ । गाउँमा हुने खानेले सोलारको प्रयोग गर्दै आए पनि हुँदाखानेहरु दाउराको भरमा रात कटाउन विवश थिए । सोमबार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशले छेन्तुङमै पुगेर सोलार वितरण गरेपछि स्थानीयमा खुसी छाएको छ । मन्त्रालयका मन्त्री सरस्वती अर्याल तिवारी, बागलुङ क्षेत्र नम्बर २ (ख) का सांसद दोर्ण कुमार कुँवर, प्रदेश सभा सदस्य दिलमाया पौवी लगायतको टोली छेन्तुङमै पुगेर सोलार वितरण गरेको हो । सडकले गाउँ जोडिएपछि केही भए भएको भन्दै अब सोलारले गाउँ उज्यालो हुने स्थानीय ५९ वर्षीय छबिलाल सिर्पालीले खुसी व्यक्त गर्नु भयो ।

ढोरपाटन नगरपालिका–६ ओखरेनीका सिर्पालीले बेसी झर्दा मात्रै बिजुली बत्ति बाल्न पाएको भन्दै छेन्तुङमा बस्दा समस्या भोग्नु परेको बताउनुभयो । अहिलेसम्म दाउरा, दियालो र टुकी बालेर रात बिताएको भन्दै अब गाउँनै उज्यालो हुने सिर्पाली बताउनुहुन्छ । आफू छेन्तुङमै जन्मे, हुर्केको र यही बस्दै आएको भन्दै अहिलेसम्म पनि कसैले गाउँमा विद्युत र सोलारको व्यवस्थापन गर्दिन नसकेको बताउनुभयो । दाउरा र दियालो ल्याउन पनि सिकार आरक्षले अवरोध गर्ने गरेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

“सरकारले हाम्रो समस्या बुझिदिनुभयो, धेरै खुसी भएका छौँ, तल बेसी झर्दा त बिजुली बत्ति बाल्न पाइन्थ्यो, यहाँ आयो भने उही अँध्यारोमै बस्ने हो, वरिपरी यति ठूलो वन छ, वनबाट दाउरा, दियालो ल्याउन पनि सिकार आरक्षले दिँदैन” सिर्पालीले भन्नुभयो – “अब त गाउँ झिलिमिलि हुने भयो, बिजुली पनि ल्याउँछौँ, भन्ने कुरा सुनेको छु, बिजुली आयो भने झन् सजिलो होला, गाउँमा धारा पनि आयो, बाटो पनि आयो, सोलार पनि पायौँ, विकास भन्ने यही त होला ?”

स्थानीय ६४ वर्षीया मैया भण्डारीले दिनभरी जंगलमा गएर बाँङ, दियालो, सल्लाको खोटो जम्मा गर्ने र रातिमा त्यही बालेर उज्यालो गराउने गरेको बताउनुभयो । सरकारले सोलार दिने भएपछि केही दिनदेखि गाउँमा प्राबिधिक आएर छाना सोलार प्यानल राखी बत्ति जडान गरि दिएको सुनाउनुभयो । गाउँमा कक्षा तीनसम्म पढाई हुने विद्यालय रहेको र विद्युत नहुँदा विद्यार्थीले रातको समयमा पढ्न समेत नपाएको भण्डारीले बताउनुभयो ।

“बर्खाको तीन/चार महिनाका लागि पहिल्यै दाउरा, दियालो जोहो गरेर राख्नु पथ्यो, बर्खा अगाडिनै जोहो गरिएन भने खाना पकाउने दाउरा पनि हुँदैनथ्यो, अहिलेसम्म त घाम असस्ताउँदा बित्तिकै खाना बनाउने र अँध्यारो नहुँदा खाइ सक्थ्यो, राति भयो भने बुढाबुढी मान्छे आँखा देख्दैन,” भण्डारीले भन्नुभयो – “केटाकेटीहरु पनि नपढी सुत्थे, अब त रातिसम्म पढ्न पाउलान्, हामीहरुलाई पनि खोटो, दियालो खोज्न दिन भरी लाग्ने छैन ।”

यस क्षेत्रबाट निर्वाचित सांसद दोर्ण कुमार कुँवरले ढोरपाटन क्षेत्रका सयौँ परिवारले टुकीकै भरमा रात कटाउने गरेको भन्दै विद्युतीकरण नहुँदासम्मका लागि सोलार बत्तिको व्यवस्थान गरेको बताउनुभयो । पहिलो चरणमा छेन्तुङका ३९१ घरमा सोलार जडान गरिएको भन्दै अब अन्य गाउँमा पनि निरन्तर व्यवस्थापन गर्दै जाने बताउनुभयो । लामो समयदेखि छेन्तुङगाउँ, निसेलढोर लगायत थुप्रै ठाउँहरुमा सामान्य सौर्य उर्जासमेत नपुगेको र आगामी वर्षसम्म सबै ठाउँमा पु¥याउने गरि प्रदेशमा पहल भइ रहेको सांसद कुँवर बताउनुहुन्छ ।

गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उज्यालो गण्डकी प्रदेश अभियान अन्तरगत छेन्तुङ गाउँमा सोलार वितरण गरेको बताउनुभयो । आगामी वर्षसम्म उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने गरि प्रदेशका ११ वटै जिल्लामा विद्युत नपुगेका ठाउँमा सौर्य उर्जाको व्यवस्थान गर्न थालेको बताउनुभयो । उहाँले प्रदेशका अधिकांश घरमा विद्युतको पहुँच पुगेको भन्दै दुई चार ८६ घरमा अहिलेसम्म नपुगेको बताउनुभयो । यसै वर्ष सबै घरमा सौर्य उर्जा पु¥याउने गरि काम भइरहेको मन्त्री तिवारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज