जुम्ला । जुम्लामा तीन सय २७ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति संघको सहयोगमा चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजनामा तिन दिने निःशुल्क आँखा शिविरमा शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जुम्लाका सभापति जगदिश चौलागाईले जानकारी दिनुभयो ।
तीन दिनसम्म संचालन भएको शिविरमा तीन सय २७ जना बिरामीको मोतिबिन्दुको शल्याक्रिया भएको छ । शिविर संचालनको लागि नेपाल नेत्रज्योति संघ एकीकृत ऑखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेत र रिड्ले आइ फाउण्डेशन नेपाल काठमाडौंले आर्थिक सहयोग गरेको नेपाल नेत्रज्योति संघ जुम्लाले जनाएको छ ।
हिमालय ऑखा अस्पताल पोखरा देखि ऑखा विशेषज्ञ चिकित्सकको टोली जुम्ला पुगेको थियो । अधिकांश ऑखाका बिरामीहरूले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन् । उक्त निशःुल्क शिविरले निकै राहत भएको चन्दननाथ ऑखा अस्पताल जुम्लाका प्रमुख कालीबहादुर रावतको भनाइ छ । शिविरमा तिला, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकाका बिरामीहरूले सेवा लिएका छन् । आँखा रोग विशेषज्ञहरूका अनुसार अस्पतालमा आँखाको जॉच गर्न आएका बिरामी मध्ये १० प्रतिशतमा मोतिबिन्दु देखिने गरेको छ । गत आर्थिक वर्ष पाँच हजार आठसय जना ऑखाका बिरामीहरूले उपचार सेवा लिएको प्रमुख रावतले बताउनुभयो । हिमालय ऑखा अस्पताल पोखराबाट ऑखा रोग विशेषज्ञ डा.आशिष जम्मकटेल नेतृत्वमा १२ जनाको टोली जुम्ला पुगेर उपचार गरेका थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts