धार्मिक तनावमा नेपालगन्ज : अनिश्चितकालीन कर्फ्यु

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

नेपालगन्ज । यतिबेला बाँकेको नेपालगन्ज धार्मिक तनावमा छ। हिन्दु र मुस्लिम समुदायबीचको तनावले यतिबेला ठूलो रुप लिइरहेको छ। मंगलबार ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा इट्टा प्रहार भएपछि भिड अशान्त बढेको थियो।

नेपालगन्जको बागेश्वरी मन्दिर हुँदै सुरु भएको प्रदर्शन धम्बोझीदेखि बिपी चोकसम्म शान्तरुपमा भएको थियो । जब भिड बिपी चोक पुग्यो तब अशान्त मच्चिएको हो । टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको भिड एकाएक ढुंगामुढामा परिणत भएको थियाे ।

ADVERTISEMENT

प्रदर्शनले उग्ररूप लिएपछि बाँके प्रशासनले यतिबेला अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

मोहम्मद डेको दिनमा बाँकेको नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। तर सबै कुरा साम्य भएपछि मंगलबार बिहान मात्रै नेपालगन्जमा धार्मिक तथा सद्भाव र्‍याली निकालिएको थियो। त्यसको २/३ घण्टा नहुँदै फेरि हिन्दु समुदायले प्रदर्शन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?