सांगीतिक टुर चलचित्रमा प्रस्तुत गर्दै बियोन्से

Read Time = 1 min

एजेन्सी । प्रसिद्ध अमेरिकी गायिका बियोन्सेले आफ्नो चर्चित सांगीतिक टुरलाई चलचित्रका रूपमा सार्वजनिक गर्ने हुनुभएको छ । उहाँले आफ्नो सांगीति टुर ‘रेनासा’लाई सांगीतिक टुरका रूपमा सार्वजनिक गर्न लाग्नुभएको हो ।

भेराइटी म्यागजिनका अनुसार चर्चित अमेरिकी मल्टिप्लेक्स एएमसीसँग मिलेर बियोन्सेले यो टुरलाई दर्शकमाझ ल्याउन लाग्नुभएको हो ।

ADVERTISEMENT

सन् २०२३ मा बियोन्सले गरेको उक्त टुरले विश्वव्यापी उच्च कमाइ गरेको थियो । यो चलचित्रलाई आगामी डिसेम्बर १ मा रिलिज गर्ने तयारी छ । टुरको अन्त्यसम्म यो विश्व टुरको अन्तर्राष्ट्रिय बजारमा ५६० मिलियन डलरको टिकट बिक्री हुने अपेक्षा छ ।

यसअघि गायिका टेलर स्वीफ्टले चर्चित इरास टुरलाई चलचित्रमा ल्याउने तयारी गरेको जनाउनुभएको थियो । बियोन्सेले टेलरके कदमलाई पछ्याएको चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *