धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।
सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको हो।
प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, '१६ गते मंगलबार दिनको १: ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।'
भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts