पानीको बहाव घटेसँगै सतीघाटमा संचालित फेरी सुचारु

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा संचालित फेरी पुन: सुचारु भएको छ ।

भोजपुर उत्तर षडानन्द नगरपालिका वडा नम्वर ६ र संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्वर ९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा संचालित फेरी पुन: सुचारु भएको हो ।

अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुन सुरु भएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद भण्डारीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, “नदीमा पानीको बहाव बढेका कारण सेवा बन्द भएको थियो, तर अहिले पानीको सतह कम भएकाले पुन संचालनमा आएको हो ।”

ADVERTISEMENT

फेरी बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्रबाट तराईका जिल्लाहरुमा आवत जावत गर्न त्यस क्षेत्रका नागरिकहरुलाई समस्या हुँदै आईरहेको थियो । गत जेठ महिनाबाट अरुण नदीमा संचालित फेरी बन्द भएको थियो ।

फेरी बन्द भएका कारण तराईका जिल्लाहरुसम्म सहजरुपमा यातायातका साधनहरु आवत जावतमा समस्या हुदै आएको स्थानीय सौगात गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “दशैँ लगायतका चाड पर्वहरु नजिकि रहेको अवस्थामा फेरी पुन संचालनमा आएको छ, यसले सहजता कायम गरेको छ ।” अरुण नदीको बहाब पुरै नघटुन्जेलको लागि अहिले हलुका सवारी साधनहरु मात्र फेरी मार्फत आवत जावत गराउने षडानन्द नगरपालिकाले जनाएको छ ।

नदीमा पक्की पुल बन्न नसक्दा पानीको बहाव बढे पछि फेरी सेवा समेत बन्द हुने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज