बैतडीमा भ्रष्टाचार मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बैतडी । भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका बैतडीका दुई फरार प्रतिवादी प्रकाउ परेका छन् । दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका देवराज कपाडी र सोहि गाउँपालिका ४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

उनीहरुलाई प्रहरीले घरबाट प्रक्राउ गरेको हो । २०७६ मा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विषेश अदालतले कपाडीलाई ३० हजार ९५० रुपैँया जरिवाना र ४ महिना कैद सजाय तथा भण्डारीलाई १६ हजार ५५० रुपैँया जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको थियो ।

ADVERTISEMENT

अदालतको फैसलापछि दुबैजना फरार सूचीमा रहेकोमा पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनु भयाे ।

कपाडी जस्लिङ आधारभूत विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष र भण्डारी बटैराज आधारभूत विद्यालयका शिक्षक रहेका बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज