मेक्सिकोमा आप्रावासी बोकेको ट्रक दुर्घटना हुदाँ १० को मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

मेक्सिको सिटी । दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा आइतबार बिहान दुर्घटना हुदाँ २५ जना घाइते भएका छन ।

मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युटलाई उद्धृत गर्दै भनिएको छ कि सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अबैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको थियो। अधिकारीहरूले भनेका छन् कि चालकले ट्रकलाई तीव्र गतिमा चलाएका थिए र ट्रकले अचानक नियन्त्रण गुमाए पछि सो दुर्घटना भएको थियो ।

दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन, उनको खोजी भईरहेको छ । सो दुर्घटनामा मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

नेसनल माइग्रेसन इन्स्टिच्युट (आईएनएम) का अनुसार अब आईएनएमले कन्सुलर (दूतावास) अधिकारीहरूसँग वार्ता गर्नेछ ताकि शवहरूलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने प्रशासनिक प्रक्रिया सुरु गर्न सकियोस् । ‘यसबाहेक ती देशले आफ्ना कति नागरिक दुर्घटनामा घाइते भएका छन् र उनीहरुको अवस्था कस्तो छ ? भन्ने थाहा पाउनुपर्छ ।’ मध्य अमेरिका र क्यारेबियनबाट आएका आप्रवासीहरू अमेरिका पुग्ने आशामा कहिलेकाहीँ ट्रक र ट्रेलरमा मेक्सिको हुँदै यात्रा गर्छन् ।

स्मरण रहोस, सन २०२१ मा ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यमा आप्रवासी बोकेको ट्रक पल्टिँदा ५५ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए। यस बाहेक मेक्सिकोमा एक साताभित्र आप्रवासीसँग भएको यो दोस्रो दुर्घटना हो । गत बिहीबार पनि चियापास राज्यमा ट्रक पल्टिँदा दुई आप्रवासीको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज