मानव पुस्तकका रूपमा नेपाल र भण्डारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको मानव पुस्तकालय यस महिना पुस्तकालयका रूपमा साहित्यकार तथा प्राध्यायक शैलिन्दुप्रकाश नेपाल तथा साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रस्तुत गरेर सम्पन भयो ।

नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारमा सञ्चालन गरिएको उक्त कार्यक्रमको सभापतित्व सो पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तले गर्नुभएको थियो भने अतिथि मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष हरिभक्त सिग्देल महेशले गर्नुभएको थियो ।

ADVERTISEMENT

मानव पुस्तकका रूपमा प्रस्तु हुनुभएका साहित्यकार द्वय नेपाल र भण्डारीले आआफ्ना अनुभव र योगदान बारे बताउनुभएको थियो । सुचिता काफ्लेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?