भू-माफियाका कारण दुई  बिघा १६ कठ्ठा सार्वजनिक जग्गा थाहै नपाई व्यक्तिका नाममा दर्ता

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

 नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट  नगरपालिका वडा नम्बर १३मा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।

बर्दघाट १३  धनेवा स्थित यु बि आइ इट्टा उद्योग पुर्व तर्फ धनेवा  खोला किनारमा रहेको दुई  बिघा १६ कठ्ठा १ धुर  जग्गा स्थानीयवासीले गौचरण र खेल मैदानको  लागि संरक्षण गरेका थिए । उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएको रहस्य नगरले भू-बर्गिकरण गरेपछि सार्वजनिक भएको छ। मालपोत कार्यालयको अभिलेख अनुसार उक्त जग्गा गाउँलेले नाचिनेका व्यक्ति राजेन्द्र गिरी र करुणाराज पुरीको नाममा श्रेस्ता कायम भएको भएको देखिन्छ।

स्थानीयका अनुसार उक्त जग्गामा २०३० सालदेखि गाई भैँसी चराउने गरेको र पछी स्थानीय युवाहरुले खेल मैदानको रुपमा प्रयोग गर्ने गरेका थिए ।  साथै जग्गाको छेउमा खोला समेत रहेको हुँदा भूक्षय हुने डरले वृक्षारोपण गरी जोगाएको र अहिले वडा कार्यालय र  नगरपालिकाबाट बजेट बिनियोजित समेत भइ तारबार लगाउने र अन्य निर्माणको कार्य गर्न र पार्क निर्माणका लागि आफूहरूले लामो समयदेखि संरक्षण  गरेको   जग्गा अहिले व्यक्तिका दर्ता भएको थाहा पाएपछि स्थानीयहरु आश्चर्यमा परेका छन् ।

बर्दघाट नगरपालिका वडा नम्बर  १३  का वडाध्यक्ष नरबहादुर चौधरीका  अनुसार साविक जहदा  गाविस–७ ‘च’ मा पर्ने  ‘प्रस्तावित इको पार्क  स्थल’ गौचरण  रहेको जग्गा २०२७ सालमा क्षेत्रीय बसोबास कार्यालयबाट कित्ता नं ४८ र ४९ लाई गौचरण भनि छुट्याएको र २०३२ साल फागुन २० मा किर्ते गरी कित्ता नं ४९ लाई फोडी  ८७ र ८८ कायम गरी २०३७ सालमा कित्ता नं ४८ को १ बिगाहा ६ कठ्ठा १ धुर गाउँलेले नाचिनेका ठेगाना जहदा ७  भएका  व्यक्ति राजेन्द्र गिरी र कित्ता नं  ८७   मध्ये १ बिगाहा १० कठ्ठा जग्गाकरुणा राज पुरीको नाममा र कित्ता नं ८८ गौचरण नै रहेको र उक्त जग्गा मध्ये केहि  नजिकै साँध भएकाले अतिक्रमण गरेको र बाँकि रहेको  स्थानीय क्लब र समुदायको  संरक्षणमा  थियो।  त्यस जग्गा व्यक्तिको नाममा रहेपनि हालसम्म कसैले तिरो बुझाएको नपाईएको र गाउँलेले भेला बोलाई वडा अध्यक्ष कै संयोजकत्वमा ७ सदस्यीय समिति जग्गा दर्ता रद्द गर्न पहल गर्ने  समिति गठन गरि बर्दघाट नगरपालिकालाई जग्गा दर्ता रद्द प्रक्रिया अघि बढाउन सिफारिस समेत गरेको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।

ADVERTISEMENT

बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार वर्षौंदेखि स्थानीयवासीले संरक्षण गरेर सार्वजनिक स्थलको रुपमा  प्रयोग गरेको जग्गा व्यक्तिको नाममा पुग्नुको रहस्य खोजी भइहरेको छ। वडा कार्यालयबाट दर्ता बदर गराउन आफु समक्ष सिफारिस आएको र बदर गराउने प्रस्ताव कार्यपालिकामा बैठकमा पेश गरी मालपोत कार्यालयलाई पत्र लेख्ने र जग्गा बदर गराउन आफु  लागि परिरहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ -"के-कसरी व्यक्तिको नाममा पुग्यो भनेर मालपोत कार्यालयमा बुझ्छौ। मालपोतका रहेका कागजात पनि झिकाउँछौ ।" सार्वजनिक जग्गा हडपेर व्यक्तिको नाममा दर्ता गर्ने–गराउने कसैलाई पनि उन्मुक्ति हुन नहुने  र नगरले गम्भीरताका साथ यो बिषयलाई लिएको श्रेष्ठको भनाइ छ ।

  गत बर्ष उक्त जग्गा नगरपालिकाको नापी टोलि सार्वजनिक जग्गाको रुपमा  नापजाच गर्दा सिमाना छुट्याउन लाग्दा अतिक्रमण गरेका सधियारले बिरोध गरी सिमाना समेत छुट्याउन दिएका थिएनन् । करिव १  बिगाहा १० कठ्ठा जग्गा सधियाराले समेत जोत भोग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज