पर्वतको कुश्मामा बाढीले जीप बगाउँदा तीन जना बेपत्ता

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । खोलाले जीप बगाउँदा तीन जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका हुन् ।

बागलुङदेखि पोखरा छुटेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिनुभयो । भारी वर्षाका कारण खोजतलासमा समस्या भएको उहाँको भनाइ छ । अत्यधिक वर्षा भइरहेको र चालकले गाडी रोकेर ओत लगाउने बेला एक्कासी बाढी आएर तीन जनासहित गाडी बगाएको भुषालको भनाइ छ ।

ADVERTISEMENT

बेपत्ता हुने तीन जना पुरुष भएको तर उनीहरुको सनाखत हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “भारी वर्षा भइरहेको छ, गाडी र मान्छे खोलाले बगाएको जानकारी पायौँ, खोजी कार्य जारी छ, तर अहिलेसम्म फेला परेको छैन, चालकसहित चार जना हुनुहुँदो रहेछ, चालक झरेरे ओत लगाउने क्रममा माथिबाट बाढी आएछ, उहाँ बच्न सफल हुनु भएछ, अरुलाई बगाएछ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?