‘बितरकहरु स्वस्थ प्रतिस्पर्धामा आउन जरुरी छ’

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेपाल बितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले ब्यवसायीहरु पनि जिम्मेवारीका साथ अगाडी बढ्न आवश्यक रहेको बताउनु भएको छ ।

भोजपुर बितरक संघको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नु हुँदै अध्यक्ष पन्तले नेपालभरका वितरक व्यवसायीहरुको हकहितको उद्धेश्यले साझा संस्थाको रुपमा महासंघ स्थापित भएको बताउनुभयो ।

कठिन अवस्थामा पनि आफ्नो सेवालाई कहिल्यै नरोकिएको बताउँदै महासंघ अध्यक्ष पन्तले उपभोक्ताहरुलाई कहिल्यै दैनिक उपभोग्य वस्तु अभाव नदिन बितरक संघहरु सचेत रहेको बताउनुभयो ।  हरेक स्थितीमा पनि ब्यवसायहरुले काम गरेको बताउँदै अध्यक्ष पन्तले संगठन त्यतिकै नचल्ने भएकोले जिम्मेवारीका साथ अपनत्व लिँदै अगाडी बढ्न पनि बितरक संघलाई आग्रह गर्नु भयो ।

सोक्रममा महासंघका संस्थापक अध्यक्ष गोबिन्द कर्मचार्य, सचिव कृष्णराज श्रेष्ठ, उद्योग बाणिज्य संघ भोजपुरका उपाध्यक्ष प्रबिण कुमार सुवाल, धनकुटा बितरक संघका अध्यक्ष श्रीबिक्रम प्रधान लगायतका बत्ताहरुले शुभकामना मन्तब्य दिँदै बितरक संघले सवै पक्षसँग समन्वय गर्दे उपभोक्ताको हितका लागि काम गर्नु पर्ने बताउनु भएको थियो ।

ADVERTISEMENT

२०८० बैशाख महिनाबाट सम्वन्धित निकायमा दर्ता भएर भोजपुर बितरण संघ स्थापना भएको हो । संघका अध्यक्ष शम्भु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सहितका अतिथीहरुलाई मायाको चिनो भोजपुरे खुकरी समेत प्रदान गरिएको छ । अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज