व्यवसायिक बन्दै किसान, जंगलको निउरो बजारका घरघरमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायको घरको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने प्राय म्याग्दीको निउरो पाक्ने गरेको पाइन्छ । लेकाली निउरो स्वादिष्ट हुनेभएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ । बागलुङ बजारका तरकारी व्यापारी शंकर रेग्मीले लेकाली निउरोको व्यापार गर्न थालेको तीन वर्ष भयो । सिजनमा उहाँले लाखौंको निउरोको कारोबार गर्दै आउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाको जंगलमा पाइने निउरो उहाँले म्याग्दी सदरमुकाम बेनी बजार पुगेरै सोझै निउरो संकलनकर्तासंगबाट खरिद गरेर बागलुङ बजार ल्याउनु हुन्छ । बागलुङ जिल्लाका जंगलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ । त्यही माग देखेर रेग्मीले निउरोको व्यापार गर्न थाल्नुभएको थियो । निउरोको सिजन भएकाले अहिले अन्य तरकारी भन्दा निउरोको व्यारामा बढी लाग्ने गरेको रेग्मीको भनाई छ ।

“अघिल्लो दिनमा दोवाको जंगलमा निउरो संकलन हुन्छ, त्यही मुठा पारिन्छ, भोली पल्ट बिहान मात्रै बेनी बजार आउछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफै गर्दछु” निउरो व्यापारी रेग्मीले भन्नुभयो “यो सिजनको व्यापार हो, साविक धौलागिरीका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपथ हुने गरेको छ, अहिले चितवन लगायतका जिल्लाहरुबाट समेत बागलुङमा निउरो आयात भइरहको हुन्छ तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ ।”

रेग्मीले होलसेल मुल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्रि गर्दे आउनुभएको छ । अहिले बागलुङमा दोवाको निउरो होलसेल प्रतिमुठा रु.६५ र खुद्रा प्रतिमुठा रु. ८० मा विक्रि हुँदै आएको छ । दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सृजना भएको रेग्मीको भनाई छ ।

ADVERTISEMENT

रेग्मीले तीन वर्ष यता मात्रै निउरो खरिदमा त्यहाँका महिलाहरुलाई रु. ८ लाख रकम भुक्तानी गरिसकेको बताउनुभयो । रेग्मीले अन्नपूर्ण गाउँपालिका-१ दोवा गाउँका स्थानीय माया कुमारी पुन र सर्मिला पूर्जा सहित स्थानीय महिलाहरुद्वारा संकलित निउरोहरुको बागलुङ बजारमा बजारकिरण गर्दै आउनुभएको छ ।

दोवाको जंगलमा पाइने निउरो संकलन गरेर यहाँका महिलाहरुले समेत जीविको पार्जन गर्दै आएको अन्नपूर्ण गाउँपालिका-१ दोवाका निउरो संकलनकर्ता माया कुमारी पुनले जानकारी दिनुभयो । “म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनी बजारमा निउरोको बजार राम्रो छैन, निउरोको राम्रो माग अहिले बागलुङ बजारमा हो” पुनले भन्नुभयो “सिजनको व्यापार हो, निउरो संकलन गर्न जंगलमा जानु कष्टकरनै छ, तर यहाँका महिलाहरुलाई परिवार पाल्न सहज भएको छ निउरोको व्यापारले आयआर्जनमा सघाएको छ ।”

दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएकाले हामीले म्याग्दीमा बिक्रि नगरी सोझै बागलुङ पठाउने गरेको उहाँको भनाई छ । अन्नपूर्ण गाउँपालिका-१ दोभाकै अर्का अर्का निउरो संकलनकर्ता सर्मिला पूर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताउनुभयो । “म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मुल्य पाइन्छ, होलसेलमै प्रतिमुठालाई रु. ६० सम्म पारीन्छ” पूर्जाले भन्नुभयो “दिनभरी जंगलमा टिपेको निउरो मुठा पारेर भोलीपल्ट मात्रै बेनी बजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार निउरो पठाउदै आएका छौं, निउरो टिप्न दोवाको जंगल प्रयोग गरेवापत केही राजश्व वन उपभोक्ता समितिलाई तिर्नेछौं ।”

एउटा मुल्यमा १० देखि १५ रुपैयाँ नाफामा उपभोक्तालाई बिग्रिभइरहेको निउरो बागलुङ बजारको चोक तथा गल्लीमा खुद्रा व्यापारलिे डोकोमा डुलाएर समेत विक्रि हुँदै आएको छ । निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?